स्प्रेडदर अझै घटाउन राष्ट्र बैंकलाई पूर्वका व्यवसायीको आग्रह

  २०७९ मंसिर १४ गते १८:०४     विकासन्युज

काठमाडौं । पूर्वका व्यवसायीक संस्थाहरुले स्प्रेडदर अझै घटाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । बुधबार मोरंङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश न. १ ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।

संस्थाहरुले मौद्रिक नीतिको समिक्षा गर्दै कायम गरेको ४ स्प्रेडदर घटाएर ३‍‌.५ प्रतिशत बनाउन आग्रह गरेको छ । कायम स्प्रेडदरले ब्याजदरमा केही राहत ल्याउने भएपनि ३.५ प्रतिशत कायम गरे दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने उनीहरुको भनाइ छ ।

यस्तै, उनीहरुले सिडी रेसियोको साटो सिसिडी रेसियोलाई आगामी ३ वर्ष सम्म ९० प्रतिशत कायम गरी तरलता अभावको समस्यालाई दीर्घकालिन रुपमा सुधार गर्न पनि आग्रह गरेको छ ।

संस्थाहरुले सिआरर पनि पुनस् ३ प्रतिशत नै कायम गर्न माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.