२०७९ मंसिर १४ गते १२:५४ विकासन्युज
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिजद्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ ।
इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । एम डबली एप हाल १७० भन्दा धेरै सहकारीमा संचालनमा छ ।
हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिए ।
हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा सहकारीका सदस्यहरुले पनि यो सुविधा लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.