अजोड इन्स्योरेन्सले १२९८ जना बीमितलाई कोरोना बीमाको पैसा दिने

  २०७९ मंसिर १३ गते १९:२९     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले पहिलो लटमा १ हजार २ सय ९८ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिन शुरु गरेको छ । मंगलबारदेखि इन्स्योरेन्सले एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरुमध्ये दावी भुक्तानी पाउन बाँकी रहेका १२९८ जनालाई कोरोना बीमाको रकम वितरण गर्न शुरु गरेको हो ।

कोरोना बीमालेख अन्तर्गत कम्पनीमा दावी गरी भुक्तानी पाउन १ हजार ८ सय ८२ जना एकल र पारिवारिक बीमितहरु रहेका छन् । जसमध्ये पहिलो चरणमा १२९८ जनालाई भुक्तानी गर्न लागेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले दावी भुक्तानी गर्ने दावीकर्ताहरुको विवरण आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ । त्यस्तै, यो बाहेक भुक्तानी हुन बाँकी रहेका अन्य भुक्तानी भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम हुने कम्पनीले जानकारी गराएको छ ।

यस्तो छ कम्पनीले सार्वजनिक गरेको दावीकर्ताहरुको विवरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.