डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

  २०७९ मंसिर १३ गते १८:३७     विकासन्युज

काठमाडौं । डिजिटल स्वास्थ्य सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । यही मंसिर १२ र १३ गते गरी दुई दिनसम्म आयोजन भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको हो ।

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो । प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवद्र्धनमा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै, उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याएका थिए ।

नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यस्ता खालका सम्मेलनले सिकाई आदनप्रदानसँगै भावी कार्ययोजना निर्माणका लागि दिशा निर्देश गर्ने बताए ।

सम्मेलनमा स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ३० भन्दा बढि कार्यपत्र प्रस्तुत भएको थियो ।

सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सहि मार्गनिर्देश गर्न सहयोग पु¥याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. नरेन्द्र भट्टले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.