कोरोना बीमाको भुक्तानी गर्न सिद्धार्थ इन्स्योरेन्सले सार्वजनिक गर्यो ६० जनाको नामावली

  २०७९ मंसिर १३ गते १८:०१     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पहिलो लटमा ६० जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । इन्स्योरेन्सले व्यक्तिगत तथा पारिवारिक बीमालेख अन्तर्गत दावी दिएका भुक्तानीहरुमध्ये पहिलो दावी दिएका ६० बीमितहरुलाई कोरोना बीमाको पैसा दिने भएको हो ।

‘हाललाई व्यक्तिगत तथा पारिवारिक बीमालेख अन्तर्गत परेका दावीहरुको भुक्तानीका लागि पहिला पीसीआर जाँच गरी कोरोना प्रमाणित भएका र दावी समेत पहिले गरेका बीमितहरुलाई क्रमिक रुपमा भुक्तानी गर्नेछौं,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल ६० जना बीमित दावीकर्ताको सूची सार्वजनिक गरेको कम्पनीले अरु थप पनि सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । यससँगै, कम्पनीले आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको सूचीमा भएका दावीकर्ताहरुले कम्पनीको सम्बन्धित शाखा वा प्रधान कार्यालयमा सम्पर्क गरी आफ्नो दावी वापतको रकम पाउने छन् ।

बीमितको नाम र पाउने रकमसहितको नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.