सानिमा लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

  २०७९ मंसिर १३ गते १७:१४     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीको ८ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४।२० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.