सगरमाथा इन्स्योरेन्सका साढे १५ सय बीमितले कोरोनाको पैसा पाउने, क-कसले ? (नामावलीसहित)

  २०७९ मंसिर १३ गते १४:३९     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले पहिलो लटमा एक हजार ५ सय ४२ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिने भएको छ । कम्पनीले दावी दिएका बीमितहरुमध्ये व्यक्तिगत तथा पारिवारिक रुपमा बीमा गराएका बीमितहरुलाई मंसिर १३ गते मंगलबारदेखि दावी भुक्तानी दिन थालेको हो ।

कम्पनीले सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम भुक्तानी गर्न लागेको हो । जसको लागि कम्पनीले बीमितहरुको नामावली समेत सार्वजनिक गरेको छ ।

यससँगै सगरमाथा इन्स्योरेन्समा कोरोना बीमा गरेका तर दावी भुक्तानी नपाएका बीमितहरुले भुक्तानी पाउने भएका छन् । कम्पनीका अनुसार हाल कोरोना बीमा दावी पुलबाट संलग्न सूचीमा उल्लेखित दावीकर्ताहरुलाई दावी भुक्तानी गरिने छ । यससँगै, सूचीमा नाम भएका बीमितहरुले दावी फर्छौट पुर्जामा सहिछाप गरी दावी भुक्तानी लिन कम्पनीले आग्रह गरेको छ ।

यस्तो छ कम्पनीले सार्वजनिक गरेको बीमितको नामावली


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.