१८ कम्पनीको नाममा चेक काट्दै बीमक संघले भन्यो- मंगलबारदेखि कोरोना बीमाको भुक्तानी गर्नुहोस्

  २०७९ मंसिर १२ गते १७:४०     विकासन्युज

काठमाडौं । मंगलबारदेखि कोरोना बीमाको रकम भुक्तानी शुरु हुने भएको छ । निर्जीवन बीमा कम्पनीहरुले मंसिर १३ गतेदेखि दावी पाउन बाँकी रहेका कोरोना बीमाका बीमितहरुलाई रकम भुक्तानी गर्ने भएका हुन् ।

गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोबरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय गरेको नेपाल बीमक संघले बताएको छ । संघका अनुसार नेपाल पूनर्बीमा कम्पनीले आफ्नो भागमा परेको रकम थप गरेको छैन । सो कम्पनीबाट रकम प्राप्त भए पश्चात रकम पूनः बाँडफाँड गर्ने निर्णय भएको र संलग्न बमोजिमको चेक बुझिलिई कम्पनीले थप गर्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थपि दावी भुक्तानी प्रकृया शुरु गर्न अन्य कम्पनीलाई आग्रह गरेको छ ।

यससँगै, कम्पनीहरुले व्यक्ति तथा परिवारलाई पहिलो प्राथमिकता दिई दावी भुक्तानी गर्ने भएका छन् । साथै, बीमक संघमा भएको थप निर्णयको आधारमा रकम बाँडफाँड गर्दा केहि कम्पनीहरुले थप गर्नु पर्ने रकम नै अत्याधिक भएकोले सो रकमबाट नै दावी भूक्तानी गर्न समेत संघले आग्रह गरेको छ । केही कम्पनीहरुले थप गर्नु पर्ने रकम संघमा पठाइ सकेको र सो रकम समेत थप गरि चेक वितरण गरिएको संघका महासचिव अशोक कुमार खड्काले बताए । संघका अनुसार नेशनल, नेको, ओरियन्टल र प्रिमियर इन्स्योरेन्सले संघको खातामा रकम पठाएका थिए ।

साथै, संघले मर्जर भएका कम्पनीहरुको हकमा भने मर्जर पछि बनेको कम्पनीको नाममा चेक काटेको महासचिव खड्काले बताए । त्यसैले, मर्ज भएको कम्पनीले दुबै कम्पनीहरुको दाबी रकम भूक्तानी गर्नु पर्नेछ । सो अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी (सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स) ले दुबै कम्पनीको दावी भुक्तानी गर्नुपर्ने भएको छ ।

‘हामीले सबै कम्पनीहरुको नाममा चेक तयार पारिसकेका छौं, कम्पनीहरूले उक्त चेक लिएर पैसा भुक्तानी गर्न सक्ने छन्,’ नेको इन्स्योरेन्सका सीईओ समेत रहेको संघका महासचिव खड्काले विकासन्युजसँग भने ।

संघबाट चेक पाउनको लागि कम्पनीहरुले दावी तिर्ने व्यक्ति तथा परिवारको सूची बनाई कोरोना पूल र बीमा समितिमा बुझाएको एक छायाँ प्रति बीमक संघलाई उपलब्ध गराउनु पर्ने छ ।

सम्बन्धित समाचार

कोरोना बीमाको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप्नु पर्ने, मारमा नेपाल रि

निर्जीवन बीमा कम्पनीको नाफा कोरोना बीमाले खाने, दुई वर्ष सेयरधनीको हात खाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.