कम्प्युटर/ल्यापटपमा यसरी हेर्न सकिन्छ सित्तैमा विश्वकप फुटबल

  २०७९ मंसिर १२ गते ८:५४     विकासन्युज

एजेन्सी । कतारमा विश्वकप २०२२ चलिरहेको छ । विश्वकप अझै झण्डै डेढ महिनासम्म सञ्चालन हुनेछ । संसारका धेरै मानिसहरुले फुटबल खेल हेर्न र खेल्न मन पराउँछन् । त्यसमध्ये हामी धेरै नेपालीहरु पनि फुटबल विश्वकप हेर्न मन पराउँछौं ।

शुल्क वा पहुँचका कारणले विश्वकप हेर्न रुची भएका धेरै दर्शकहरुले विश्वकपको लाइभ हेर्नबाट बञ्चित भइरहेका छन् । विगतमा जस्तै यसपालीको विश्वकप भने हामीले टेलिभिजनको पर्दामा निःशुल्क हेर्न पाएनौं ।

नेपालमा मिडिया हबले विश्वकप प्रसारण गर्ने इजाजत लिएर निश्चित च्यानलमार्फत् श:शुल्क प्रसारण गरेको छ । टिभी च्यानल प्रदायक संस्थाहरुसँग पैसा तिरेर मात्रै उक्त च्यानलमार्फत विश्वकपको लाइभ हेर्न सकिन्छ ।

धेरै नेपालीको पहुँचमा विश्वकप पुग्नै सकेन भन्ने गुनासो पनि छ । जसको घरमा टिभी छैन् तर मोबाइल छ र टिभी छैन तर कम्प्युटर वा ल्यापटप छ भने उसलाई पैसा खर्च नगरेरै विश्वकप घरमै बसेर हेर्ने सुविधा छ । यदि तपाईंलाई थाहा छैन भने हामीले त्यो जानकारी दिन खोजिरहेका छौं ।

मोबाइलबाट निःशुल्क विश्वकप हेर्नका लागि केही एप्लिकेसन सुविधाहरु छन्, जसको बारेमा हामीले पहिले नै सामग्री प्रकाशन गरिसकेका छौं । त्यो थाहा पाउन तपाईंले याे लिंकमा क्लिक गरेर पढ्न सक्नु हुन्छ ।

यदि तपाईंसँग कम्प्युटर वा ल्यापटप र इन्टरनेटको सुविधा छ भने तपाईंले सजिलोसँग एचडी क्वालीटीमा नै पैसा खर्च नगरीकन विश्वकप हेर्न सक्नुहुन्छ । त्यसको लागि तपाईंलाई स्पोर्ट फ्याक्ट डट नेटले त्यो सुविधा दिएको छ ।

स्पोर्ट फ्याक्ट डट नेट खेलकुदका कार्यक्रम हेर्ने धेरै ठूलो प्लेटफर्म हो । यो प्लेटफर्म सञ्चालन गर्नको लागि भिपिएनको व्यवस्था पनि गर्नुपर्दैन र यो साइट अवैधानिक पनि होइन ।

सो साइटबाट सित्तैमा विश्वकप हेर्नको लागि साइटले होम पेजमा नै विश्वकपको लाइभ खेलको सेड्युल राखेको छ । जहाँ सो दिन हुने खेलहरुको क्रमशः लिस्ट राखिएको छ र खेलको समय पनि दिइएको छ । विश्वकप सम्बन्धी रुची हुने भएपछि खेलको तालिका र समयको विषयमा पनि तपाईं पक्कै सुसुचित हुनुपर्छ । त्यसैले जुन खेलको लाइभ भइरहेको छ त्यसमा क्लिक गर्नुभयो भने तपाईंले आनन्दले ल्यापटप वा कम्प्युटरको स्क्रिनमा नै फुटबल विश्वकप हेर्न सक्नुहुन्छ ।

माथि उल्लेखित साइट बाहेक पनि सम्बन्धित साइटको सदस्यता सस्क्राइब गरेर र भिपिएनको प्रयोग गरेर निःशुल्क रुपमा फुटबलको विश्वकप हेर्न सकिने धेरै नै वेबसाइटहरु रहेका छन् । जसलाई तपाईंले गुगल सर्च गरेर भेटाउन सक्नुहुन्छ ।

मिडिया हबले भने विश्वकप प्रसारण गर्ने निःशुल्क साइटहरुलाइ नेपालमा प्रतिवन्ध लगाउनुपर्ने माग गरिरहेको छ । त्यसको लागि सरकारमार्फत् पहल गरिरहेको मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले बताए ।

उनले सरकारले एथेस्ट पहल नगरे फिफामार्फत् पनि सरकारलाई दबाब दिन लगाउने आफूहरुको तयारी भएको बताए । साथै उनले मिडिया हबले सबै दर्शकहरुले सजिलोसँग विश्वकप हेर्नको लागि मोबाइल एप्लिकेसनको पनि लञ्च गर्न लागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.