जाडोमा कपाल झर्नबाट कसरी जोगाउने ?

  २०७९ मंसिर ११ गते १८:११     विकासन्युज

एजेन्सी । जाडोमा छालासँगै कपालको समस्या पनि बढ्छ । जाडोमा कपाल सुख्खा र रुखो भएर भाँचिने गर्छ । यसका साथै डन्डीफोर र स्प्लिट एन्डको समस्या पनि बढ्छ । सौन्दर्य विज्ञ शहनाज हुसेनले जाडोमा कपालको हराएको चमक फर्काउन र कपाल झर्नबाट जोगाउने सजिलो उपाय बताएका छन् ।

जाडोमा मौसम चिसो र सुख्खा हुँदा कपाल धेरै दुख्छ। जाडोमा बाहिर बस्न र न्यानो घामको आनन्द लिन धेरैले मन पराउँछन् । चिसोका कारण धेरैले नुहाउन र कपाल धुन तातो पानी प्रयोग गर्ने गर्छन्। यसो गर्दा कपाल सुख्खा हुन जान्छ । कपालमा सुख्खापन बढ्दा यसको चिल्लोपना पनि हराउँछ । यस्तो अवस्थामा कपाल सुख्खा हुन्छ र झर्न थाल्छ । यसका साथसाथै टुक्रा टुक्रा हुने चायाँको समस्या पनि बढ्छ ।

तातो तेलले मसाज गर्नुहोस्
जाडोमा टाउकोको छाला सुक्खा हुनाले चायाँको समस्या बढ्छ । जसका कारण पनि कपाल झर्ने गर्छ । तातो तेलले टाउकोमा मसाज गर्दा चायाँ कम हुने र कपाल टुक्रने समस्या पनि कमि हुन्छ । हप्तामा एक वा दुई पटक कपाल र टाउकोमा तातो नरिवलको तेल लगाउनुहोस्। त्यसपछि तौलियालाई तातो पानीमा डुबाउएर निचर्नुहोस्, तातो तौलियालाई पगरी जस्तै टाउकोमा बेर्नुहोस्। यसलाई ६ मिनेट टाउकोमा राख्नुहोस् । तातो तौलिया टाउकोमा राख्ने क्रम ३ देखि ४ मिनेट दोहोर्याउनुहोस् ।

कागतीको रस लाभदायक
नरिवलको तेल तताएर कपालमा लगाउनुहोस् र रातभरी नपखालीकन राख्नुहोस्। कपालमा चायाँ भएमा भोलिपल्ट बिहान एउटा कागतीको रस टाउकोमा लगाउनुहोस् र १५ मिनेटपछि कपाल धुनुहोस् । कपाल धुन धेरै तातो पानी प्रयोग नगर्नुहोस्। स्याम्पु गरेपछि एक गिलास पानीमा दुई चम्चा एप्पल साइडर भिनेगर हालेर कपाललाई पुरै कपाललाई माड्नुहोस् ।

जाडोमा कपाल हेरचाह गर्ने टिप्स
जाडोमा तातो तेलको मसाज कपालका लागि निकै फाइदाजनक हुन्छ । कपालमा तातो तेल लगाउनुहोस् र हल्का हातले मसाज गर्नुहोस्। तेल लगाउन औंलाको फिँजाएर पयोग गर्नुहोस् । यसो गर्दा रक्तसञ्चारमा सुधार हुन्छ र कपाललाई पोषण मिल्छ।

कपाललाई यसको अवस्था र मौसम अनुसार धुनुपर्छ। जाडोमा कपाल सुख्खा हुँदा हप्तामा दुई पटक धुनुहोस्। केमिकल युक्त हेयर प्रोडक्टहरुले कपालको सुख्खापन बढाउन सक्छ । त्यसैले यसबाट बच्नपर्छ ।

जाडोमा कपाललाई जोगाउन र नरम चम्किलो बनाउन हेयर कन्डिसनरले धेरै मद्दत गर्छ। यदि तपाईंको कपाल सुख्खा छ भने स्याम्पू पछि क्रीमयुक्त कन्डिसनर लगाउनुहोस्। थोरै मात्रामा कन्डिसनर लिनुहोस् र कपालमा हल्का मसाज गर्नुहोस्। यसलाई दुई मिनेटसम्म छोडेर सादा पानीले धुनुहोस्। जाडोमा स्याम्पु गरेपछि कपालमा सीरम लगाउन सकिन्छ ।

स्याम्पु गरेपछि तौलियाले कपाललाई माडेर पुछ्नु हुँदैन् । यसको सट्टा आफ्नो टाउकोमा एउटा तौलिया बेर्नुहोस् र पानी सोस्न दिनुहोस्। यदि कपाल सुख्खा छ भने ड्रायर प्रयोग नगर्नुहोस्। यदि तपाइँ हेयर ड्रायर प्रयोग गर्नुहुन्छ भने यसलाई कम्तिमा कपालबाट १० इन्च टाढा राख्नुहोस्। कपाल पूरै सुख्खा हुनु अघि हेयर ड्रायर प्रयोग गर्न बन्द गर्नुहोस् र कपाललाई प्राकृतिक रूपमा सुक्न दिनुहोस्।

कपालमा चायाँ छ भने प्रशस्त पानी पिउनुहोस् । एक गिलास पानीमा एक कागतीको रस मिसाएर बिहान पिउने गर्नुहोस् । यदि कपाल झर्ने समस्या छ भने दैनिक खानामा फलफूल, सलाद, हरियो सागसब्जी र दहीलाई समावेश गर्नुहोस्। तनावबाट बच्न प्रयास गर्नुहोस्। दैनिक योग गर्नुहोस्, गहिरो सास फेर्ने अभ्यास पनि गर्नुहोस्। योग र व्यायामले तनाव कम गर्न र कपाल झर्न पनि रोक्न सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.