आइतबार ३२.४३ अंकले बढ्यो नेप्से, सबैभन्दा बढी कमाउनेमा लघुवित्त

  २०७९ मंसिर ११ गते १५:१५     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार ३२.४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आज सेयर बजार बढेर १९६५.९८ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब बढीको कारोबार भएको छ ।

आज सार्वधिक कमाउने तीन कम्पनीमा सबै वित्तिय संस्थाहरु रहेको छन् जसमा क्रमशस् डिप्रोश लघुवित्त, जिवन विकास लघुवित्त र कुमारी बैंक लिमिटेड रहेको छ । यस्तै, सार्वधिक गुमाउनेमा अधिकांश म्युचल फण्ड रहेका छन् ।

यस्तै, आज बजारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरीको सेयर किनबेच भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.