मौद्रिक नीतिको समीक्षा गर्न बैठक बस्दै राष्ट्र बैंकको बोर्ड

  २०७९ मंसिर ११ गते १५:००     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दै छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार उक्त बोर्ड बैठक आइतबार कार्यालय समय पश्चात बस्न लागेको हो ।

बैठकलगत्तै उक्त मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक हुने जनाइएको छ ।

राष्ट्र बैंकले ष्त साउन ६ गते चालू आर्थिक वर्षको  मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.