मध्यपश्चिम विश्वविद्यालयद्वारा महिला हिंसा विरुद्दको अभियान ‘ओरेन्ज डे’ मनाउने

  २०७९ मंसिर १० गते ९:३९     विकासन्युज

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्धको अभियान ओरेन्ज डे मनाउने निर्णय गरेको छ । मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयद्वारा आयोजित एक अनलाइन छलफल कार्यक्रम मार्फत विश्वव्यापी रुपमा मनाईने महिला हिंसा विरुद्दको अभियान अर्थात ओरेन्ज डे विभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरेको छ । उक्त छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्द बहादुर सिंहले ‘महिला हिंसाको विरुद्धमा मध्यपश्चिम विश्वविद्यालय’ अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म सोह्र दिन विभिन्न कार्यक्रम भौतिक रुपमै संचालन गर्ने र मध्यपश्चिम विश्वविद्यालयले यसको नेतृत्व गर्ने कुरा उल्लेख गरेका छन् ।

सो अभियानलाई कार्यान्वयन गर्न मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप-प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति रहने विश्वविद्यालयले जनाएको छ । जसमा विश्वविद्यालयका उपकुलपति, सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीनहरु, कार्यकारी निर्देशकहरु, लगायत विभिन्न विभागका प्रमुख र निर्देशेक रहने निर्णय भएको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरुमा समेत सो अभियानलाई कार्यान्वयन गर्न क्याम्पस प्रमुख सम्मिलित समिति गठन गरी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.