प्रधानमन्त्रीमा मेरो पनि दाबी रहन्छ : शशाङ्क कोइराला

  २०७९ मंसिर ८ गते १८:५८     विकासन्युज

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताएका छन् ।

विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले अबको पाँच वर्षमा ठूला आयोजना पूरा गर्ने बताए । जिल्लामा राष्ट्रियस्तरको ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय खेलमैदान बनाई छाड्ने उनको दाबी छ । चारपटक जनताले यही ठाउँबाट जिताएर पठाउनुभएको छ ,पक्कै मेरो काम मन पराउनुभएको होला’, उनले भने, ‘अब पनि जनताका बीचमा नै रहेर बाँकी काम गर्छु ।’

साथै कोइरालाले यो पटक प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहने बताए । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवादेखि गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ’, उनले भने, ‘यो गठबन्धन पाँच वर्षसम्म रहन्छ, हामी मिलेर काम गर्छौं ।’

युवालाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए । ‘देशभर यस पटकको निर्वाचनले युवालाई अघि बढाऊँ भन्ने सन्देश दिएको छ”, उनले भने, ‘त्यसलाई आत्मसाथ गर्नुपर्ने अवस्था छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.