बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन

  २०७९ मंसिर ८ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बिओकेको ६ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो ।नेप्सेले प्रतिकित्ता २१४ रूपैयाँ २५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एक आपसमा मर्जर प्रक्रियामा रहेको गत असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । त्यसैले नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो ।

बैंकले मंसिर २३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्नेगरि साधारणसधा बोलाएको छ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र पारित गर्ने र डीडीए रिपोर्टमा आएको १ः१ को स्वाप रेसिया पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.