विजयी भएकाहरुले यसरी बाँडे खुशीयाली (फोटोफिचर)

  २०७९ मंसिर ८ गते १६:४२     विकासन्युज

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको नतिजा आउने क्रम जारी छ । बिहीबार साँझसम्म १६५ वटा निर्वाचन क्षेत्रमध्ये ६३ वटाको नतिजा सार्वजनिक भइसकेको छ ।

नतिजा सार्वजनिक भएपछि धेरैले विजय जुलुस र धन्यवाद सभा गरेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा विजयी भएका नेकपा (एमाले)का राजकुमार लेखी । उनले १४ हजार २९१ मत ल्याएर निर्वाचित भएको छ ।

ताप्लेजुङको निर्वाचन क्षेत्र नं (१)बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नव निर्वाचित प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबोलाई बधाई तथा शुभकामना दिँदै मतदाता ।

नेकपा (एमाले) कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएकी विद्या भट्टराई बिहीबार पोखरा १७बःउस मा मतदाता एवम शुभचिन्तकबीच खुशी साटदै ।

प्रदेशसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ (१) मा विजयी नेकपा (एमाले)का कृष्णप्रसाद सिलवाल ।

म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी भएपछि बाम लोकतान्त्रिक गठबनधनले आज बेनीमा निकालेको विजयी उत्सव ¥यालीमा सहभागीहरु । म्याग्दीबाट प्रतिनिधिसभामा खमबहादुर गर्वुजा, प्रदेशसभा (१) मा हरि भण्डारी र (२) मा रेशम जुग्जाली निर्वाचित हुनुभएको छ ।

डडेल्धुराको प्रदेशसभा २ मा विजयी भएका स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी ।

पर्वतवाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले) तर्फबाट उम्मेदवार पदम गिरी, प्रदेशसभा १ मा निर्वाचित भक्त कुँवर र प्रदेशसभा २ मा निर्वाचित मित्रलाल बस्याल ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिँदै मतदाता ।

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी र क्षेत्र नं १ प्रदेशसभा (१) का अशोककुमार र तनहुँ क्षेत्र नं २ प्रदेशसभा (२) का हरिबहादुर चुमान ।

कालीकोट निर्वाचन क्षेत्र १ को प्रदेशसभा १’ मा विजयी भएका दुर्गबहादुर रावत ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ।

भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेश (१) बाट विजयी हुनुभएका किरण थापा मतदातालाई धन्यवाद दिने क्रममा ।

दाङ निर्वाचन क्षेत्र नं २ को गठबन्धन दलका उम्मेदवारहरु निर्वाचितपछि विजय ¥यालीमा सहभागि हुँदै । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का माओवादी केन्द्रकी रेखा शर्मा, सोही क्षेत्र नं २ प्रदेशसभा (१) का नेपाली कांग्रेसका राजु खनाल र क्षेत्र नं २ प्रदेशसभा (२) का प्रचण्ड विक्रम न्यौपाने गठबन्धनद्वारा आयोजित विजय ¥यालीमा ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.