सनराइज बैंकका ग्राहकले अब क्युआरमार्फत भुक्तानी गर्न पाउने

  २०७९ मंसिर ८ गते १६:०४     विकासन्युज

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झाैता भएकाे छ । टेक्नोलोजिज र बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हाे ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश ‍भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।

सम्झाैतापश्चात सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.