एनआईसी एशिया बैंकले ७२ ठाउँका करोडौंका घरजग्गा बेच्दै, नाफामा उछाल आउन सक्ने

  २०७९ मंसिर ८ गते १३:३९     विकासन्युज

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमध्ये बिजनेसमा आक्रामक रुपमा विस्तार भइरहेको बैंक हो एनआईसी एशिया बैंक । यस बैंकले आक्रामक बिजनेससँगै नाफा, कर्जा र निक्षेपको वृद्धि पनि अन्य बैंकको तुलनामा उच्च रुपमा गरिरहेको छ ।

प्रतिस्पर्धी बैंकहरुलाई पछ्याएर आक्रामक रुपमा बिजेनस गरिरहेको एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्रीका लागि सूचना जारी गरेको छ । बैंकले बिहीबार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ७२ स्थानको गैर–बैकिङ्ग सम्पत्ति बिक्रीमा गर्न लागेको जनाएको हो ।

बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर–बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रहीसूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका ८का विभिन्न स्थानमा रहेको जग्गा, पर्साको धोविनी गाउँपालिका ४ का विभिन्न स्थानमा रहेका घरजग्गा, पोखरिया नगरपालिका ४, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका ४,चितवनको भरतपुर महानगरपालिका १८, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ र काठमाडौंको काठमाडौं महानगरपालिका ६ का विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका ४, ललितपुर महानगरपालिका १३ मा रहेको जग्गा र सो जग्गामा बनेको घर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका ९, रौतहटको चन्द्रपुर नगरपालिका १०, बृन्दावन नगरपालिका ६, गरुडा नगरपालिका ६, ५ र फतुवा विजयपुर नगरपालिका १० का विभिन्न स्थानमा रहेको जग्गा र उक्त जग्गामा बनेका घर समेत बिक्रीमा राखेको बैंकले बताएको छ ।

बैंकले पर्साको वीरगञ्ज महानगरपालिका १२ र १३, मोरङको रतुवामाई नगरपालिका, विराटनगर महानगरपालिका १६, कास्कीको पोखरा महानगरपालिका, काठमाडौंको चन्द्रागिरी ५ र रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा रहेका विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ ।

बैंकले आफ्नो नाममा रहेका धनकुटाको धनकुटा नगरपालिका ३ र ५, साविक निगाले गाउँ विकास समिति (गाविस) ८ मा रहको जग्गा, मुगुको साविक श्रीनगर गा.वि.स.४, ५, ६ र ७ ,साविक कार्कीवाडा गा.वि.स.३ र ४ का विभिन्न स्थानमा रहेका घरजग्गा बिक्रीमा राखेको छ ।

यस्तै, बैंककै नाममा भएका कालिकोटको खाँडाचक्र नगरपालिका ६मा रहेको घरजग्गा, चितवनको साविक पञ्चकन्या गा.वि.स.८ मा रहेको घरजग्गा, बाराको कलैया नगरपालिका ७ र उत्तर झिटकैया गा.वि.स. १ का विभिन्न स्थानमा रहेका जग्गा बिक्री गर्ने भएको हो ।

यस्तै, मोरङको साविक कटहरी गा.वि.स. ३ मा रहेको जग्गा, विराटनगर उपमहानगरपालिका२१ मा रहेको घरजग्गा र सुनवर्षी नगरपालिका ५ का विभिन्न स्थानमा रहेको घरजग्गा,सुनसरीको इनरुवा नगरपालिका २र दुहवी नगरपालिका ९ मा रहेको घरजग्गा बिक्री गर्ने बैंकले जनाएको छ ।

यस्तै, दाङको घोराही उपमहानगरपालिका १२, जुम्लाको साविक महतगाऊँ गाविस ३, विरेन्द्रनगर नगरपालिका २, ३, ६ र १० मा रहेका विभिन्न ठाउँका जग्गा जमिन बिक्रीमा राखेको हो ।

बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा नम्बर वान बनेको यस बैंकले यस पटक यी सबै घरजग्गा बिक्री गरेपछि झन नाफा उच्च रुपमा वृद्धि हुने देखिएको छ ।

One comment on "एनआईसी एशिया बैंकले ७२ ठाउँका करोडौंका घरजग्गा बेच्दै, नाफामा उछाल आउन सक्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.