एसइइ परीक्षा दिनका लागि पुस १० गतेभित्र आवेदन फारम भरिसक्नुपर्ने

  २०७९ मंसिर ८ गते १२:३६     विकासन्युज

काठमाडौं । एसइइ परीक्षा दिनका लागि विद्यार्थीहरुले आगामी पुस १० गतेभित्र आवेदन फाराम भर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले मंसिर ८ गतेदेखि पुस १० गतेसम्म विद्यालयहरुले फारम भराउन र विद्यार्थीहरुलाई भर्न सूचित गरेको छ ।

फारम भर्दा साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा पढ्ने विद्यार्थीहरुले रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, कक्षा ८ पास भएको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो समावेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै खुला, बैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरुले फाराम भर्दा दुर शिक्षा/खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका, २०६३ अनुसार सर्तहरु पूरा गरेको सिफारिस सहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात र पासपोर्ट साईजको फोटो संलग्न गर्नुपर्ने छ । सूचनाअनुसार विद्यालय र खुला दुबैतर्फका विद्यार्थीले परीक्षा फाराम भर्दा ५ सय शुल्क बुझाउनुपर्नेछ ।

सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.