टोफिचो तड्का लिची चकलेट बजारमा

  २०७९ मंसिर ७ गते १९:१४     विकासन्युज

काठमाडौं । सूर्य नेपालले टोफिचो तड्का लिची चकलेट बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचो अन्तर्गत कम्पनीले चकलेट बजारमा ल्याएकाे हाे ।

तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले बताएकाे छ । टोफिचो तड्का लिचीको बिक्री मूल्य प्रति गोटा २.५० रुपैयाँ ताेकिएकाे छ ।

यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

टोफिचो तड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टोफिचो तड्का लिची नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन् ।

हाल टोफिचो अन्तर्गत फ्रुटी फन, फ्रुटी डिलाइट, डुवोज, क्रिमी ल्याक्टो, तड्का (आँप तथा पाइनएप्पल), चटपटे फन तथा कफिटिनो बजारमा उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.