कर्जा लगानीमा एनआईबिएल ‘एग्रेसिभ’, ११ बैंकले घटाउँदा १५ बैंकले बढाए

  २०७९ मंसिर ७ गते १८:५१     विकासन्युज

काठमाडौं । तरलता अभाव कायम रहेका बेला वाणिज्य बैंकहरुको बिजनेश सामान्य बढेको छ । पछिल्लो ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पौने ४७ अर्ब रुपैयाँले बढेको हो ।

चालु आवको कार्त्तिक मसान्तसम्ममा बैंकहरुले कूल ४२ खर्ब २१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । जुन गत असारको तुलनामा १.१० प्रतिशत अर्थात ४६ अर्ब ७४ करोड रुपैयाँले बढी हो । २०७७ असारसम्म बैंकहरुले कूल ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चार महिनाको अवधिमा सबैभन्दा बढी कर्जा विस्तार गर्नमा नेपाल इन्भेष्टमेन्ट बैंक आक्रामक बनेको छ । बैंकले असारको तुलनामा कार्त्तिकमा ११ अर्ब १७ करोड रुपैयाँले कर्जा बढाएर १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, दोस्रोमा नेपाल एसबिआई बैंकको ६.९४ अर्ब बढेर १ खर्ब १७ अर्ब रुपैयाँ, तेस्रोमा सानिमा बैंकको ६.८८ अर्ब बढेर १ खर्ब ४७ अर्ब रुपैयाँ, चौंथोमा नबिल बैंकको ६.७६ अर्ब बढेर ३ खर्ब १५ अर्ब रुपैयाँ र पाँचौमा एनएमबि बैंकको ६.२९ अर्ब बढेर १ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

यस्तै, हिमालयन बैंकको ५.७७ अर्ब बढेर १ खर्ब ६२ अर्ब रुपैयाँ, प्रभु बैंकको ५.४ अर्ब बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको ४.९३ अर्ब बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको ४.४३ अर्ब बढेर १ खर्ब ४० अर्ब रुपैयाँ, एभरेष्ट बैंकको ३.४८ अर्ब बढेर १ खर्ब ५८ अर्ब रुपैयाँ, मेगा बैंकको ३ अर्ब बढेर १ खर्ब ५३ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकको २.६९ अर्ब बढेर २ खर्ब ७० अर्ब रुपैयाँ, कुमारी बैंकको १.८७ अर्ब बढेर १ खर्ब ६१ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकको १.३४ अर्ब बढेर २ खर्ब ७३ अर्ब रुपैयाँ र सिभिल बैंकको १५ करोड रुपैयाँ बढेर ८७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

चार महिनाको अवधिमा ११ वाणिज्य बैंकले कर्जा लगानी घटाएका छन् । जसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको २७ करोड घटेर ८९ अर्ब रुपैयाँ, कृषि विकास बैंकको ६२ करोड घटेर १ खर्ब ७७ अर्ब रुपैयाँ, प्राइम बैंकको ७५ करोड घटेर १ खर्ब ५४ अर्ब रुपैयाँ, सनराइज बैंकको ७६ करोड घटेर १ खर्ब २३ अर्ब रुपैयाँ, लक्ष्मी बैंकको ९५ करोड घटेर १ खर्ब ३१ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १ करोड घटेर २ खर्ब २७ अर्ब रुपैयाँ, बैंक अफ काठमाण्डूको १.६ अर्ब घटेर १ खर्ब ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको २.३१ अर्ब घटेर १ खर्ब ८३ अर्ब रुपैयाँ, नेपाल बैंकको २.७६ अर्ब घटेर १ खर्ब ७८ अर्ब रुपैयाँ, सेञ्चुरी बैंकको ३.८६ अर्ब घटेर ८७.६१ अर्ब रुपैयाँ र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको ९.४२ अर्ब घटेर १ खर्ब १७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.