बीवाइडी ३० लाख गाडी बनाउन सफल

  २०७९ मंसिर ७ गते १७:०७     विकासन्युज

काठमाडौं । गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पुरा गरेको छ । चिनियाँ ग्लोबल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

बीवाइडीले न्यू इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख यूनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धी भएको जनाएको छ । चिनियाँ निर्माताले पहिलो १० लाख यूनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो ।

त्यसपछिको अर्को १० लाख यूनिट एक वर्षमा पुरा गरेको कम्पनीले अन्तिम १० लाख यूनिट उत्पादन र बिक्री ६ महिनामा पुरा गरेको हो । कम्पनीले पछिल्ला १८ महिनामा २० लाख यूनिट कार उत्पादन गरेर बजारमा पठाएको छ ।

बीवाइडीले आफ्नो ग्लोबल स्ट्राटीजी अनुसार भविष्यमा ग्लोबल अटोमोवाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तिब्रगतीमा अगाडि बढ्ने जनाएको छ । अहिले बीवाइडीले आफ्नो उपलब्धता ६ वटै महादेशको ७० देशका ४०० भन्दा बढी शहरहरुमा पुर्याएको छ ।

भविष्यमा बिवाइडीले आफ्नो पार्टनहरुसँगको सहकार्यमा हाइक्वालीटी प्रोडक्टको विकास गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.