यी ४ तरिकाबाट हेर्न सकिन्छ पिपुल्स हाइड्रोपावरका आईपीओ

  २०७९ मंसिर ७ गते १६:५७     विकासन्युज

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बुधबार बाँडफाँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा १२ लाख ३० हजार ६०५ जनाको आवेदन परेकोमा ३ हजार ५४६ जनाको आवेदन विभिन्न कारण रद्द भएको छ । बाँकि रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले सेयर बाँडफाँट गरिनेछ । १० कित्ताका दरले आईपीओ बँँडफाँट गर्दा ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै सेयर पाउनेछन् । अरु अन्य आवेदकको हात भने रित्तो हुनेछ ।

कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । कम्पनीको आईपीओ रिजल्ट निष्काशन तथा बिक्री पबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सीडीएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np, मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र कम्पनीको वेबसाइट https://peopleshydro.com.np/ बाट नजिता हेर्न सकिन्छ ।

यी ४ तरिकाबाट हेर्न सकिन्छ:

https://www.sanima.capital/

https://iporesult.cdsc.com.np/

https://meroshare.cdsc.com.np/#/login

https://peopleshydro.com.np/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.