पर्यटन व्यवसायबाट उत्कृष्ट करदाताको रुपमा मनकामना केबलकार सम्मानित

  २०७९ मंसिर ७ गते १२:४३     विकासन्युज

काठमाडौं । मनकामना केबलकार पर्यटन व्यवसायबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले बुधबार राष्ट्रिय कर दिवस, २०७९ को अवसरमा कम्पनीलाई आर्थिक वर्ष २०७७/७८ पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयाकर दाखिल गरेकोमा सम्मान गरेको हो । कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका छन् ।

सरकारले आज आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई विभिन्न १५ वटा विधामा सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.