५ महिनामा बैंकको निक्षेप : नेपाल एसबिआई आक्रामक, नबिल र एनआईसीबीच कडा टक्कर

  २०७९ मंसिर ६ गते १६:५८     विकासन्युज

काठमाडौं । ५ महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब ९० करोड रुपैयाँ बढाएका छन् । गत अषाढ मसान्तसम्ममा बैंकहरुको निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्ममा बैंकहरुको निक्षेप २१.९० अर्ब रुपैयाँ बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुर्याएका छन् ।

५ महिनाको अवधिमा १० वटा बैंकको निक्षेप घटेको छ भने अन्य बैंकले निक्षेप बढाएका छन् । गत अषाढ मसान्तदेखि कात्तिक मसान्तसम्म ५ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल एसबिआई बैंकले निक्षेप बढाएको छ । यस अवधिमा २ वटा वाणिज्य बैंकको निक्षेप अर्ब क्लबमा नै सिमित भएका छन् । सिभिल बैंक र सेञ्चुरी बैंकको निक्षेप १ खर्ब भन्दा कम रहेको छ ।

नेपाल एसबिआई बैंकको १२.०५ अर्ब रुपैयाँ बढेर १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, दोस्रोमा नबिल बैंकको १०.९ अर्ब रुपैयाँ बढेर ३ खर्ब ४० अर्ब रुपैयाँ, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकको १०.४६ अर्ब बढेर २ खर्ब ६७ अर्ब रुपैयाँ, चौंथोमा एनआईसी एशिया बैंकको १०.४४ अर्ब रुपैयाँ बढेर ३ खर्ब ५ अर्ब रुपैयाँ र पाँचौंमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.८५ अर्ब बढेर १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

यस्तै, शिद्धार्थ बैंकको ३.५३ अर्ब बढेर २ खर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको २.६९ अर्ब बढेर १ खर्ब ८८ अर्ब रुपैयाँ, हिमालयन बैंकको २.६५ अर्ब बढेर १ खर्ब ७४ अर्ब रुपैयाँ, नेपाल बैंकको २.५२ अर्ब बढेर १ खर्ब ९९ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकको २.३१ अर्ब बढेर २ खर्ब ८८ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको २.०५ अर्ब बढेर १ खर्ब ७५ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको १.४९ अर्ब बढेर १ खर्ब ५६ अर्ब रुपैयाँ, मेगा बैंकको १.३९ अर्ब बढेर १ खर्ब ५७ अर्ब रुपैयाँ र लक्ष्मी बैंकको १.३९ अर्ब बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

यस्तै, बैंक अफ काठमाण्डूको ४१ करोड बढेर १ खर्ब ११ अर्ब रुपैयाँ, सानिमा बैंकको २१ करोड बढेर १ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

५ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको निक्षेप घटेको छ । एनसीसी बैंकको १४.४८ अर्ब घटेर १ खर्ब २७ अर्ब रुपैयाँ, प्रभु बैंकको ९.६ अर्ब घटेर १ खर्ब ७२ अर्ब रुपैयाँ, सनराइज बैंकको ५.९८ अर्ब घटेर १ खर्ब २८ अर्ब रुपैयाँ, सेञ्चुरी बैंकको ५.१७ अर्ब घटेर ९६ अर्ब रुपैयाँ, प्राइम बैंकको ४.९४ अर्ब घटेर १ खर्ब ६० अर्ब रुपैयाँ, कुमारी बैंकको ४.५६ अर्ब घटेर १ खर्ब ७८ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको २.४ अर्ब घटेर १ खर्ब ४६ अर्ब रुपैयाँ, एनएमबि बैंकको २.३३ अर्ब घटेर १ खर्ब ८४ अर्ब रुपैयाँ, सिभिल बैंकको १.३४ अर्ब घटेर ९४ अर्ब रुपैयाँ र कृषि विकास बैंकको ६४ करोड रुपैयाँ घटेर १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेपमा सिमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.