भारतमा पहिलो गियर इलेक्ट्रिक मोटरबाइक ‘म्याटर ०७’ लञ्च

  २०७९ मंसिर ६ गते १६:४२     विकासन्युज

एजेन्सी । अहमदाबाद बेस्ड इभी स्टार्टअप ‘म्याटर इनर्जी’ ले आफ्नो पहिलो इलेक्ट्रिक मोटरबाइक ‘म्याटर ०७’ लञ्च गरेको छ । कम्पनीले यसलाई २२ औं शताब्दीको मोटरसाइकलको रुपमा प्रस्तुत गरेको छ । म्याटर मोटरसाइकलको मुख्य विशेषता भनेको ४ स्पिड हाइपर सिफ्ट म्यानुअल गियरबक्स हो । जुन भारतमा पहिलो पटक लञ्च गरिएको हो ।

‘म्याटर ०७’ मा ५ किलोवाट पावर प्याकको जडान गरिएको छ । साथै यसमा एक्टिभ लिक्विड कूलिंग टेक्नोलोजी रहेको छ । म्याटर एनर्जी मोटरसाइकलले बलियो लुक्सको साथ मस्कुलर डिजाइनमा रहेको छ । यो बाइक ग्रे एण्ड नियोन, निलो एण्ड सुन, कालो एण्ड सुन र रातो/कालो/सेतो गरी चार रङमा उपलब्ध रहेको छ । मोटरसाइकलमा अटो क्यान्सिलिङ इन्डिकेटर सहित लिड लाइट रहेको छ ।

सो मोटरसाइकलको बुकिङ सन् २०२३ को पहिलो चौमासिकमा लिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.