शाओमीको ल्यायो एउटा टिभी किन्दा ३ लाख रुपैयाँसम्मको अर्को टिभी जित्ने मौका

  २०७९ मंसिर ६ गते १६:१२     विकासन्युज

काठमाडौं । स्मार्टफोन र टि.भी. कम्पनी शाओमीले वर्ल्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले धेरैले प्रतिक्षा गरेकाे वर्ल्डकपलाई मध्यनजर गर्दै यस्ताे अफर ल्याएकाे बताए । ‘वर्ल्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन्, यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ, वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोलडेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ,’ उनले भने ।

यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ मुल्य बराबरको ७५ इन्चको मी क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन् ।

त्यस्तै, अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् ।

लक्की ड्रमा सहभागि हुनको लागि टिभिमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभिको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ । कम्पनीकाे अनुसार यो अफर मंसिर ४ गते देखि पुस ३ गतेसम्म लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.