एलन मस्कले ट्वीटरमा युट्युव जस्तै फिचर ल्याउने, तत्काल ब्लुटिकको रिलञ्च नहुने

  २०७९ मंसिर ६ गते १०:३२     विकासन्युज

एजेन्सी । ट्विटरका नयाँ मालिक एलन मस्कले युट्युब जस्तो सेवा सुरु गर्न सक्ने जनाइएको छ । मस्कले ट्वीटरमा राख्ने भनिएको ब्लुटिक फिचर पनि तत्काल लञ्च नहुने भएको छ, जसकारणले भेरिफाइड सदस्यताको नवीकरण तत्काल अगाडि नबढ्ने भएको छ । मस्कले यही नोभेम्बर २९ मा ब्लुटिक लञ्च गर्ने घोषणा गरेकोमा उनले नै सो कार्य तत्काल स्थगित भएको घोषणा गरेका छन् ।

मस्कले पछिल्लो समयमा ट्वीटर प्रयोगकर्ताहरुको संख्या बढेको बताएका छन् । उनका अनुसार ट्वीटर प्रयोगकर्ताहरुको संख्या अहिलेसम्मकै उच्च तहमा पुगेको छ । मस्कले व्यक्तिगत र संस्थागत रुपमा भिन्नभिन्न रंगका ब्लुस्टिक ल्याउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.