डोनाल्ड ट्रम्पले ट्विटर प्रयोग नगर्ने

  २०७९ मंसिर ५ गते १४:२९     विकासन्युज

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटरमा एकाउन्ट रिस्टोर भएपछि उनले यसलाई प्रयोग गर्न अस्वीकार गरेका छन् । उनले आफ्नो प्लेटफर्म ट्रुथ सोसललाई निरन्तरता दिने बताए ।

उनले आफ्नो प्लेटफर्मको प्रदर्शनलाई ट्विटरसँग पनि तुलना गरे। उनले ट्विटरभन्दा ट्रुथ सोसलको धेरै राम्रो भएको दाबी गरे । भेटका क्रममा उनले भने, ‘म यसको कुनै कारण देख्दिन ।’

रोयटर्सको रिपोर्ट अनुसार ट्रम्पले नेतृत्वको बैठकमा यो घोषणा गरेका हुन् । डोनाल्ड ट्रम्पको खातामा ८।७ करोड भन्दा बढी फलोअर्स छन् र उनले जनवरी ८, २०२१ मा अन्तिम ट्वीट गरेका थिए ।

मतदान पछि खाता पुनर्स्थापित गरिएको थियो
ट्विटरका नयाँ मालिक एलोन मस्कले ट्रम्पको खाता पुनर्स्थापित गर्ने बारे ट्विटर पोल पोस्ट गरेका थिए । उनले राष्ट्रपति ट्रम्पको खाता रिस्टोर गर्नुपर्ने वा नपर्ने विषयमा हो वा होइन भनेर सोधेका थिए ।

मस्कले राखेको पोलमा १।५ करोड भन्दा धेरै मानिसहरुले सहभागिता जनाएका थिए । जसमा ५२ प्रतिशतले हुन्छ र ४८ प्रतिशतले हुन्न भनेका थिए । सो पोलमा मतदान सकिएपछि ट्विटरका मालिकले लेखेका थिए, ‘वोक्स पोपुली, वोक्स देई’ भन्ने ल्याटिन वाक्यांश लेखेका थिए । जसको अर्थ ‘जनताको आवाज ईश्वरको आवाज हो’, भन्ने हुन्छ ।

अन्य प्लेटफर्महरुले पनि ट्रम्पको एकाउन्ट निलम्बन गरेका छन्
डोनाल्ड ट्रम्पलाई फेसबुक, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट, ट्विच र अन्य इन्टरनेट कम्पनीहरूले पनि निलम्बन गरेका थिए। मस्कको निर्णयले फेसबुक जस्ता अन्य प्रमुख सोशल मिडिया प्लेटफर्महरूलाई पनि ट्रम्पलाई पुनर्स्थापित गर्न सजिलो बनाउन सक्छ। फेसबुकको मूल कम्पनी मेटाले जनवरी २०२३ मा आफ्नो निर्णयमा पुनर्विचार गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.