‘मर्जरपछि लाभांशमा ‘नम्बर वान’ बैंक बन्ने लक्ष्य छ, अध्यक्षमा पनि दावी गर्छु’

  २०७९ मंसिर २ गते १८:५२     उपेन्द्र केशरी न्यौपाने

साधारणसभा भनेको कमी कमजोरी थाहा पाउने र त्यसलाई सच्याउने थलो हो । साधारणसभा सेयरधनीहरुको नितान्त सार्वभौम स्थल हो । सेयरधनीहरुले देख्नुभएका गतिविधिहरुलाई प्रस्ट रुपमा राख्न पाउनु हुन्छ । सबैले सुझाव पनि दिनु भएको छ । ती सुझावहरुलाई मनन् गर्दै कार्यान्वयन गर्न तर्फ अग्रसर हुनछौं । म फरक बिद्याबाट बैंकिङ क्षेत्रमा आएको हुँ । सायद पूर्व जन्मको बरदान वा सराप हुन सक्छ, एनसीसी बैंकको अध्यक्षका रुपमा भूमिका निर्वाह गर्ने । तर, मैले यसलाई बरदानको रुपमा लिएको छुँ । मेरो जीवनलाई सार्थक बनाउन यसले ठूलो भूमिका निर्वाह गरेको छ । यो अवसर दिनु भएकोमा सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

सबै सेयरधनीहरुको जिज्ञासा आफ्नो लगानीको सुरक्षा र प्रतिफल कस्तो आउँछ भन्ने विषयमा नै केन्द्रित छन् । भोलिका दिनमा यो सम्पत्ति कति सुरक्षित रहन्छ र यसले कति नाफा दिन सक्छ भन्ने धारणा नै सेयरधनीहरुले राख्नु भएको छ । यो विषय स्वभाविक रुपमा उठ्नु पर्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । आगामी दिनका गतिविधिहरु सफल बनाउन सरल तरिकाले अगाडि बढाउने प्रयास हुनेछ ।

अहिले गत आर्थिक वर्षको साधारण सभामा समीक्षा भएको हो । गत वर्षमा एनसीसी बैंकको स्प्रेडदर कम भएको स्वभाविक हो । त्यसले गर्दा केही हदसम्म नाफामा हिट गरेको हो । यसमा हाम्रो ध्यान केन्द्रिकृत भएको छ । यस वर्ष एनसीसी बैंकको स्प्रेडदर राष्ट्र बैंकले तोकिएको सीमा ४.४ रेसियोको नजिक पुग्छ । जसले नाफालाई योगदान गर्नेछ ।

निश्चित रुपमा एनसीसी बैंकको केही सम्पत्ति नन बैंकिङ एसेट (एनबिए)को रुपमा छ । त्यसलाई डिस्पोजल गर्न केही नीतिगत प्रक्रियामार्फत् तत्काल सम्भव नभएका कारण बाँकी छ । नन प्रफर्मेन्स एसेटहरु एनबिएको रुपमा रहेको छ । अरु पनि आइरहेको देखिन्छ । यी दुवै विषयलाई ध्यानमा राखिएको छ । नीतिगत रुपमा गर्नुपर्ने कामहरु अन्तिम प्रक्रियामा छन् । त्यो सफल भएपछि डिस्पोजल गर्ने अर्काे प्रयास पुरा हुनेछ । नन प्रफमेन्स एसेटलाई कम गर्न अहिलेको विषम परिस्थितीले हिट गरिरहेको छ ।

बैंकको खर्च पनि कम गर्ने योजना छ । बैंकको केन्द्रिय कार्यालय बनाउनका लागि खर्च भएको छ । राष्ट्र बैंकले मर्जरलाई कडाइका रुपमा अगाडि नल्याएको भए मर्जर प्रक्रिया हुँदैनथ्यो । एनसीसी बैंकले पार्टनर खोज्नका लागि धेरै बैंकसँग कुरा पनि गरेको हो । मर्जरका लागि पार्टनर नभेटिएपछि केन्द्रिय कार्यालयको स्पेस चाहियो भनेर अघि बढेको हो । थापाथलीमा रहेको रोटरी क्लबको भवनलाई केन्द्रिय कार्यालयको लागि ३ वटा फ्लोर लिने भनेर सम्झौता भएको थियो ।

यही बीचमा नेपाल राष्ट्र बैंकले मर्जरको नीतिलाई कडाइ गर्याे । त्यसपछि एनसीसी बैंकले पनि मर्जर प्रक्रिया अघि बढायो । यो अवसरलाई एनसीसी बैंकले पनि लिनुपर्छ भन्ने भयो । कुमारी बैंकसँग सम्झौता भयो । मर्जरमा गएपछि त्यो भवनलाई रद्द गरेको हो । त्यसको लागि केही शुल्क तिर्नु पर्यो । मर्जर नहुँदा आवश्यक थियो । मर्जर भएपछि त्यसलाई रद्द गरियो ।

पहिला सिलोन बैंक थियो । पछि एनसीसी बैंकको रुपमा आयो । एनसीसी बैंकले २०७२/७३ सालमा ४ वटा विकास बैंकहरुलाई मर्ज गरेको थियो । त्यसबेलामा नयाँ बैंकको नाम के हुन सक्छ भन्ने सन्दर्भमा एनसीसी बैंकका सेयरधनीहरुले कुमारी बैंकको नामलाई समर्थन गरेको थियो । यही साधारण सभामा उपस्थित हुनु भएका साथीहरु पनि त्यो बेलाको साधारण सभामा उपस्थित हुनुहुन्थ्यो । त्यो उपस्थित भएको साधारण सभामा कुमारी बैंकलाई एनसीसी बैंकका सेयरधनीहरुले स्वीकार गरेको थियो । यसपटक पनि एउटा नामको बारेमा बसेर छलफल गर्ने भनिएको थियो । कि कुमारी बैंक कि एनसीसी बैंक हुनुपर्छ भन्ने हामीहरुको प्रयास थियो ।

एनसीसी बैंक हुनुपर्छ र कुमारी बैंक हुनुपर्छ भनेर दुवै बैंकका सञ्चालकबीच बादविवाद पनि भयो । कुमारी बैंकका सञ्चालकहरु नामको विषयमा कम्प्रमाइज हुने अवस्था थिएन । एनसीसी नाम नछोड्दा मर्जरमा जाने अवस्था थिएन । एनसीसी बैंक राख्नु पर्छ भनेर प्रयास गरेको हो । तर, उहाँहरु नाममा कम्प्रमाइज हुनु भएन । मर्जरलाई निकास निकाल्नु पर्ने र मर्जर आवश्यकता भएकाले नाम छोड्नु परेको हो ।

राष्ट्र बैंकबाट मर्जको विषयमा एक हदसम्म सुझाव आएको थियो । जुन सुझावलाई इग्नोर गर्न सक्ने अवस्था पनि थिएन । एनसीसी बैंकलाई यस्तो परिस्थिती आएको थियो । मर्ज गर्दा कुमारी बैंकको नाममा सहमति ब्यक्त गरिएको हो हो । यसको मतलब नाम छोडेर अन्य कुरा लिन खोजेको भन्ने होइन ।

अध्यक्षमा एनसीसी बैंकको पनि दावी छ । दुवै बैंकको सञ्चालकको सहमतिबाट अध्यक्ष चयन गर्ने सहमति भएको छ । सञ्चालकमा ३/३ जना हुनेछ । मर्जर पश्चात् सञ्चालकमा को जाने भनेर बोर्डले निर्णय गर्नेछ । तर, हालसम्म को जाने भनेर एकिन भएको छैन । मर्जरपश्चात् अध्यक्षको चयन गरिनेछ ।

एनसीसी बैंक फलानो बैंकसँग मर्ज हुन खोज्यो तर हुन सकेन भनेर बाहिर चर्चा हुँदा ‘लिगल इन्स्यू’ बन्न सक्ने भयो । त्यसैले आन्तरिक रुपमा मर्जर प्रक्रियामा अभ्यास गरिएको थियो । यस पटक सेयरधनीहरुसित यो बैंकसँग यतिमा मर्जर हुँदैछ भन्ने कुरा नगरेको यहि कारण हो । तर, जसले चासो राखेर सोध्नु भएको थियो, सम्भावित बैंक यी हुन् भनेका थियौं । किनभने सबै बैंकसँग प्रयास गरेका थियौं । जो मर्जरका लागि कुरिरहेका थिए तर हामीसँग कति ‘विलीङ’ राख्दथे भन्ने हो । मर्जर गर्न उनीहरु तयार थिए तर एनसीसीसँग होइन भन्ने कुरा पनि बुझ्नुपर्छ । एनसीसी बैंकको मर्जर कमिटिसँग वान टू वान वार्ता गर्न सबै बैंकले आफैले ढोका ढकढक्याएका थिए । सबैसँग ढोका ढकढक्याउँदै जाँदा पाएको पार्टनर कुमारी बैंक हो ।

मर्जरपछि पनि एनसीसी बैंकले सीईओ रहनेछन् । एनसीसी बैंकको स्वामित्व, अपनत्व नरहने हो की भन्ने कुरा नसोचे पनि हुन्छ । किनभने सेयरधेनीको सेयर हैसियत स्वाप रेसियो १ः१ अनुपात नै हो । कसैलाई पनि आर्थिक रुपमा फाइनल नाफाको रुपमा तात्विक असर पर्ने छैन । यो विषयमा पनि ध्यान दिएको छ । किनभने धेरै डाउन साइजको स्वाप रेसियोमा मर्जरमा जान नसक्ने धेरै साथीहरुको भावनाबाट बुझिएको थियो ।

डीडीए रिपोर्ट आइसकेको छ । डीडीएपछि मर्जर कमिटिले स्वाप रेसियो १ः१ अनुपात पास गरिसकेको छ । एनसीसी बैंकको बोर्ड बैठकले डीडीए रिपोर्टलाई बन्द गरिसकेको छ । डीडीए रिपोर्टमा कुमारी बैंकको १ सय आएको थियो भने एनसीसी बैंकको ९६.५९ आएको थियो । तर, यसलाई १ः१ अुनपातमा मर्जर हुने भनेर मर्जर कमिटिले पारित गरिसकेको छ ।

मर्जरमा जाँदा केही ठाउँमा शाखा कार्यालय बन्द गर्नु पर्नेछ । महानगरपालिका र ठूलो मार्केट भएको स्थानमा शाखा पुनःस्थानान्तरण गर्ने योजना छ । यसो गर्दा एनसीसी बैंकका २०/२२ वटा शाखा बाहेकअरु शाखा कायम रहन्छन् । यसले गर्दा विजनेशमा कुनै असर गर्दैन । विजनेशलाई हेरेर नै उपयुक्त ठाउँमा शाखा ब्यवस्थापन गरिएको हो ।

मर्जरमा जाँदा पीडा छ । कही न कही साथीहरुको भावनात्मक रुपमा जोडिएको विषय बुझेको छु । केही कुराहरुको प्यार्टन परिवर्तन हुन्छ । रुट खोज्दा त्यो रुट कहिल्यै बिर्सिदैन पनि । आजको दिनमा गर्व गर्ने हो । २७ वटा वाणिज्य बैंकबाट मर्ज हुँदै २०/२१ वटा हुन्छन् । त्यसबेला कहाँनेर छौं भनेर हेर्ने हो । टप फाइभ भित्र पर्याै भने गर्व महसुस हुन्छ । तर एक्लै भएर अन्तिम नम्बर भयो भने गर्व गर्ने कुरा हुँदैन । बजारले निर्धारण गर्ने विषयलाई बजारलाई छोड्नुपर्छ ।

मर्जरपछि पूँजीमा टप फाइभमा भित्र हुन्छ । मर्जर प्रक्रियामा रहेका बैंकहरुमध्ये मर्जर पछि टप फाइभमा हुनेछ । मर्जरपछि पनि लाभांश वितरणमा टप फाइभ भित्र हुनुपर्छ । यो भन्दा कम हुनुहुँदैन । नम्बर वाने बन्ने प्रयास गर्ने हो । यो लक्ष रोखेका छौं । अर्काे वर्ष सेयरधनीहरुको हातमा यो वर्षको भन्दा धेरै लाभांश पर्नेछ भन्ने निश्चित गराउँछु । सेयरधनीहरुको लगानी पूर्ण रुपमा सुरक्षित रहनेछ । सँगसँगै कर्मचारीले खाइपाइ आएको सुविधामा कमी हुने छैन । कर्मचारीको सेवा सुविधाको ग्यारेन्टी छ ।

(एनसीसी बैंकका अध्यक्ष न्यौपानेले शुक्रबार बैंकको २५औं वार्षिक साधारण सभामा राखेको विचार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.