विराटनगरमा महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार

  २०७९ कार्तिक २८ गते १५:११     विकासन्युज

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह लोगो प्रयोगमा ल्याउने भएको छ ।

महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

छनोटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगद रुपैयाँले पुरस्कृत गरिनेछ । छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.