शिवम् सिमेन्ट्सको नाफा ३१.९४ प्रतिशत बढ्यो, ईपीएस २४.९८ रुपैयाँ

  २०७९ कार्तिक २८ गते ७:०८     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३१.९४ प्रतिशत बढेर २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेर १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा २ अर्ब २० करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी थियो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३ हजार २४८.४३ प्रतिशत बढेर ३१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.६१ प्रतिशत घटेर १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ र कम्पनीको कुल खर्च २०.०३ प्रतिशत घटेर १ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.