दुई करोड पर्ने फोर्ड रेन्जर र्यापटर नेपाल भित्रियो

  २०७९ कार्तिक २७ गते १७:०२     विकासन्युज

काठमाडाैं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा भित्रिएकाे छ ।

फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन गरिएको यस नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन् जसले अफ रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ ।

अफरोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट ख्ट पेट्रोल ईन्जिन जडान गरिएकाे छ । यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १०–स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर ¥यापटरको नयाँ ईन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ ।

नेक्स्ट–जेन रेन्जर ¥यापटरमा चालकले ईलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एडजस्ट सिस्टमद्वारा आफ्नो र्यापटरको आवाज चार एडजस्ट मोडमध्ये चयन गर्न सक्छ– क्वाईट, नर्मल, स्पोर्ट र बाजा ।

वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर ¥यापटरको एन्टी–ल्याग प्रणालीले तपाई थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीच पनि पावर प्रदान गर्दछ ।

यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड ईन्जिनियरिङ्ग र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्भहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर–¥यापटरको ड्राईभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ ।

नेक्स्ट जेन रेन्जर ¥यापटरमा फक्स २.५ इन्च लाइभ भाल्भ इटर्नल बाइ पास सक अब्र्जबर रहेको छ जुन रेन्जर ¥यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो र जसले वास्तविक अफ–रोड ड्राईभमा सेन्सरहरुको सहयोगले प्रति सेकेण्ड ५०० पटकसम्म ड्याम्पिङ्ग एड्जस्ट गरी ड्राईभ सजिलो र आरामदायी बनाउँछ ।

नयाँ नेक्स्ट–जेन रेन्जर र्याटरमा सात ड्राईभ मोडहरु छन् अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा ।

नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागि ध्यानमा राखी डिजाईन गरिएको छ । इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई ¥यापटरको एम्बियन्ट लाईटिङले बृद्वि गरिएको छ । र्यापटर जेट फाइटरका सीटहरुबाट प्रेरित भएर अगाडी र पछाडीका सीटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभुति दिन्छन् ।

नेक्स्ट–जेन रेन्जर र्यापटर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ ईन्च डिजिटल क्लस्टर र १२ ईन्चको टचस्क्रिन फोर्डको नयाँ पुस्ताको सिन्कका साथ जडान गरिएको छ । अन्य सुविधाहरूमा अपफिटर स्वीचहरू र अफरोड स्क्रिन समावेश छन् ।

फोर्ड रेन्जर र्यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छ । नेपाली बजारमा ३.० लि.भिसिक्स पेट्रोल र १०–स्पीड अटोमेटिक नेक्स्ट–जेन रेन्जर र्यापटरको मूल्य २.१५ करोड तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.