नेशनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ३६८ प्रतिशत बढ्यो, ईपीएसमा पहिरो

  २०७९ कार्तिक २७ गते ७:०६     विकासन्युज

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ बिक्री बिक्रीमार्फत आम्दानी गरेको थियो । कम्पनीले गत वर्षको तुलनामा यसअवधिमा ३६८.६८ प्रतिशत बढी आम्दानी गरेको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा भने ९८.८४ प्रतिशत घटेर ६८ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १८.७० प्रतिशत बढेर १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ र जगेडा कोष ८९.७३ प्रतिशत घटेर २ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९७.९१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.