नेप्सेमा ङादी ग्रुपको एक करोड कित्ता सेयर सुचिकृत

  २०७९ कार्तिक २५ गते १७:५३     विकासन्युज

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ङादी ग्रुप पावर कम्पनी कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेकाे अनुसार कम्पनीको १५० प्रतिशत हकप्रद सेयर बापतको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले श्रावण १८ गतेदेखि १ः१.५ को अनुपातमा एक सय रुपैयाँ अंकित दरमा १५० प्रतिशतले हुन आउने एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.