सर्वसाधारणले सेयर किन्न हिम्मतै नगर्ने ५ कम्पनी, बैंक, बीमा र फाइनान्समाथि पनि भारी

  २०७९ कार्तिक २४ गते ११:५६     विकासन्युज

काठमाडौं । सेयर बजारमा प्रवेश गर्नेहरुको संख्या दैनिक बढ्दो छ । कम्पनीको साधारण सेयर (आईपीओ) खरिद गर्नकै लागि भएपनि लगानीकर्ताहरु पुँजी बजारमा आकर्षित भइरहेका छन् । सुरुमा धेरैले आईपीओ खरिद गरेर पछि दोस्रो बजारमा प्रवेश गर्छन् । तर, दोस्रो बजारमा धेरै यस्ता कम्पनी पनि छन् कि जसको सेयर उनीहरुको पहुँचभन्दा टाढा छन् । कम्पनीको सेयर मूल्य नै बढी भएका कारण सर्वसाधारणहरु महँगो सेयर खरिद गर्न चाहँदैनन् ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहका १९ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये विभिन्न कारणले १३ वटा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ भने ६ वटा कम्पनीहरुको मात्रै सेयर कारोबार भइरहेको छ ।

बोटलर्स नेपाल बालाजु, नेपाल ल्युब आयल, युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र बोटलर्स नेपाल तराई गरी ६ वटा कम्पनीको दोस्रो बजारमा सेयर कारोबार भइरहेको छ । नेप्सेमा सबैभन्दा बढी सेयर मूल्य भएका कम्पनीहरु उत्पादन तथा प्रशोधन समूहका नै रहेका छन् ।

बोटलर्स नेपाल बालाजु १९ लाख ४८ हजार ८८७ कित्ता सेयर सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १९ करोड ४८ लाख ८८ हजार ७ सय रुपैयाँ रहेको छ । बुधबारकाे सेयर बजारको तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार २२२.२० रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा सेयर मूल्य अधिकतम प्रतिकित्ता २ हजार २२२.२० रुपैयाँ र न्युनतम प्रतिकित्ता १ हजार ९०३.९० रुपैयाँ रहेको यस कम्पनीको बुधबारकाे सेयर मूल्य अनुसार बजार पूँजीकरण ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीमा संस्थापक समूहको ७५ प्रतिशत र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिएको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ ।

बोटलर्स नेपाल तराईको दोस्रो बजारमा १२ लाख १० हजार कित्ता सेयर मात्रै सूचीकृत छन् भने चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ हजार ८०७ रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १७ हजार ६७० रुपैयाँ र न्युनतम प्रतिकित्ता १० हजार ५ सय रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १४ अर्ब २८ करोड रुपैयाँ छ ।

कम्पनीमा संस्थापक समूहको ७५ प्रतिशत र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिने गरेको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ ।

युनिलिभर नेपालको दोस्रो बजारमा ९ लाख २० हजार ७ सय कित्ता सेयर मात्रै सूचीकृत छन् भने चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ हजार ४९० रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता २० हजार ६ सय रुपैयाँ र न्युनतम प्रतिकित्ता १६ हजार ५५६ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १७ अर्ब ९४ करोड रुपैयाँ छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १ हजार २१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश वितरणमा बढी जोड दिने गरेको अघिल्लो वर्षको लाभांश इतिहासले देखाएको छ ।

हिमालयन डिस्टिलरी दोस्रो बजारमा १ करोड ५१ लाख ८४ हजार ७९१ कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ५४० रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ७ हजार २६९ रुपैयाँ र न्युनतम प्रतिकित्ता २ हजार ८२५ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ७५ करोड रुपैयाँ छ ।

कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले विगत ३ वर्षयता बोनस सेयरमा जोड दिइरहेको छ । गत आर्थिक वर्षको लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्न भने बाँकी छ ।

शिवम् सिमेन्टको दोस्रो बजारमा ४ करोड ४० लाख कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । बिहीबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता १ हजार ६७१.८० रुपैयाँ र न्युनतम प्रतिकित्ता ५९२ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण २८ अर्ब ३८ करोड रुपैयाँ छ ।

कम्पनीमा संस्थापक समूहको ८८ प्रतिशत र सर्वसाधारण समूहको १२ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षको लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्न भने बाँकी छ ।

नेपाल ल्युब आयलको दोस्रो बजारमा ४ लाख ८५ हजार ७४९ कित्ता सेयर सूचीकृत छन् भने चुक्ता पूँजी ४ करोड ८५ लाख ७४ हजार रुपैयाँ रहेको छ । बुधबारको नेप्से तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२७.३६ रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता २८४.३६ रुपैयाँ र न्युनतम प्रतिकित्ता २२७.३६ रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ११ करोड ४ लाख रुपैयाँ छ ।

कम्पनीले पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी ३० सय प्रतिशत लाभांश वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.