नागरिक स्टक लाभांश घोषणा, मंसिर १८ गते बोलायो साधारणसभा

  २०७९ कार्तिक २२ गते ७:३६     विकासन्युज

काठमाडौं । नागरिक स्टक डिलरले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अर्थात् २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

साथै कम्पनीको सोही बैठकले आफ्नो वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले तेस्रो वार्षिक साधारण सभा मंसिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजे बोलाएको हो ।

सभामा लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्निे र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ ।

यस्तै, सभाले बोनस सेयरपश्चात् हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने र रिक्त रहेको सञ्चालक पदमा सञ्चालक नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.