२०७९ कार्तिक २१ गते १६:०० विकासन्युज
काठमाडौं । सेयर लगानीकर्ताको साझा ९ संस्थाले पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रिने जनाएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै ९ संस्थाले यस्तो बताएका हो ।
उनीहरुले माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारबाट अन्य निकायहरुद्धारा चालिएका कदमहरु रोक्ने काम भए ५८ लाख लगानीकर्ताको तर्फबाट सबै संघ संस्थाहरु सडकमा उत्रने विज्ञप्तिमार्फत जनाएका छन् ।
नेपालको पूँजी बजारलाई सिमित व्यक्ति र संस्थाले पकडमा मात्र राखिरहन खोज्दा ४० खर्बभन्दा बढीको पूँजीकरण अहिले २८ खर्बमा झरेको र लाखौ लगानीकर्ता पलायन हुन बाध्य भएको जारी उनीहरुको भनाइ छ ।
अहिले हुन लागेका सुधार र विस्तारको काम रोकिए नेपालको पूँजी बजारले झन ठुलो क्षति भोग्नुपर्ने र वर्षै पछाडि धकेलिने बताउँदै उनीहरुले विरोध सिर्जना नगरी लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्न माग गरेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.