सेयर बजारमा दुई अर्बको कारोबार, सबैभन्दा धेरै कमाउने र गुमाउने दुवै लघुवित्त

  २०७९ कार्तिक २१ गते १५:१२     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजार ६.४३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घट्दा सेयर विन्दु १९५२.९४ मा पुगेको छ ।

नेप्सेको अनुसार केही अंकले घटेको सेयर बजारमा कारोबार रकम भने उच्च देखिएको छ । आज ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै, सबैभन्दा कमाउन र गुमाउनेमा दुवै लघुवित्त रहेका छन् । सबैभन्दा बढी कमाउनेमा धौलागिरी लघुवित्त रहेको छ भने गुमाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.