बजारभरी छ्यापछ्याप्ती प्लास्टिकका फूल (फोटोफिचर)

  २०७९ कार्तिक ६ गते १७:११     तस्विर : रिसव चौधरी

काठमाडौं । सरकारले साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गर्दै सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरिसकेको छ ।

तर, करिब ३ महिना भइसक्दा पनि बजारमा तिहार लागेसँगै छ्यापछ्याप्ती प्लास्टिकका फूलहरु देखिएका छन् । असन इन्द्रचोकमा ठूलो संख्यामा प्लास्टिकका मालाहरु बेच्नका लागि राखिएको छ । व्यापारीहरु खुलमखुला त्यस्तो प्लास्टिकका मालाहरु बेचिरहेको छन् ।

यस्तै, बिहीबार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले प्लास्टिकको फूलको माला र अन्य सामाग्री खरिद विक्री नगर्न सूचना जारी गर्दै चेतावनी दिएको थियो । तर पनि यसको बजारमा केही पनि असर देखिएको छैन ।

तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.