मर्जर पश्चात् यस्तो बन्नेछ साना किसान आरएमडीसी लघुवित्त

  २०७९ असोज १६ गते १७:४३     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच गत भदौ ३१ गते मर्जर सम्झौता भएको थियो । दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र प्रमुख कार्यकारी अधिकृत पछिको कार्यकारी पदमा ज्योति चन्द्र ओझा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २÷२ जना, सर्वसाधारण समूहबाट १÷१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ ।

चुक्ता पुँजी
गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार साना किसान विकास लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ र आरएमडीसी लघुवित्तको १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । दुवै संस्था एक आपसमा गाभिएपछि चुक्ता पूँजी २ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।

जगेडा कोष
साना किसानको जगेडा कोष १ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ रहेको छ भने आरएमडीसीको जगेडा कोष १ अर्ब ३ करोड ५० लाख ९२ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् लघुवित्तको जगेडा कोष २ अर्ब ७१ करोड ६८ लाख ८२ हजार रुपैयाँ रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.