कोरियाबाट सिटी एक्सप्रेसमा पैसा पठाउँदा रीनाले जितिन् १ तोला सुन

  २०७९ असोज १४ गते १७:३१     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ुविदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायोु योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन् ।

सोही योजना अन्तर्गत भदौ १५ देखी असोज ११ गतेसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जितिसकेका छन् । साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भु बहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी, मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदी जितेका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते दशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ३ दिन सम्म चल्ने ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ ल्याएको हाे ।

यस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.