नेपाल लाइफको कल सेन्टर दशैंको विदामा पनि संचालनमा रहने

  २०७९ असोज १४ गते १५:३४     विकासन्युज

काठमाडाैं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्ने जनाएकाे छ ।

ग्राहकहरुले इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, वाट्सएप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्ने कम्पनीले बताएकाे छ ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.