प्रभु क्यापिटलले क्वेस्ट कलेजका विद्यार्थीलाई विशेष छुटसहित सेयर तालिम दिने

  २०७९ असोज १३ गते १८:०४     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच एमओयु सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका बीबीए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् ।

दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्ने गरी सो आपसी समझदारी पत्रमा सम्झौता भएको हो ।

सो सम्झौता अनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बीबीए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सेयर बजार सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिने छ ।

साथै, कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने लगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.