सानिमा बैंकको एपबाट फोनपे क्युआर गरी भुक्तानी गर्दा १० प्रतिशत छुट

  २०७९ असोज १३ गते १६:३५     विकासन्युज

काठमाडौं । सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना ल्याएको छ । यस योजना अनुसार दशैंं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआरमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट पाउनेछन् ।

यो योजना असोज १६ देखि २२ गते र कात्तक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम। संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.