गुराँस लाइफले कात्तिक ४ गते डाक्यो वार्षिक साधारणसभा, मर्जर र लाभांश प्रस्ताव पारित गर्ने

  २०७९ असोज १३ गते १२:१८     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक ४ गतेको लागि वार्षिक साधरणसभा बोलाएको छ । असोज १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले कात्तिक ४ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।

सभाले गुराँस प्राइम र युनियन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि पेश भएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गरी सोपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने बताइएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कम्पनीको कायम चुक्ता पूँजीको सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

त्यस्तै, आव २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.