प्रतितोला १२ सय रुपैयाँले बढ्याे सुनको भाउ, कतिमा हुँदैछ कारोबार

  २०७९ असोज १३ गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बिहिबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार २०० रुपैयाँले र चाँदी २५ रुपैयाँले बढेको हो ।

आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.