२०७९ असोज १२ गते १९:५५ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंकले आगामी कार्त्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १६औं वार्षिक साधारण सभा कार्त्तिक ४ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।
उक्त सभाले सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा हुने छ ।
उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित लाभांशलाई पारित गर्दै छ । सभाले सञ्चालक समितिको प्रस्ताव गरेबमोजिम ९ प्रतिशतका अर्थात १ अर्ब २७ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) लाई पारित गर्ने एजेण्डा रहेको छ ।
साथै, सभामा उक्त आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल हुने छ ।
यससँगै गत आवको सभा आव्हान गर्ने वाणिज्य बैंकमध्ये सिटिजन्स पहिलो बैंक बन्न सफल भएको छ ।
बैंकले हाल १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.