सनराइज क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने

  २०७९ असोज १२ गते १९:४४     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलले इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई कम्पनीको आगामी १२औं वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

क्यापिटलले हाल सेयर निष्काशन, १८ वटा कम्पनीको सेयर रजिष्ट्रारको रुपमा काम गरिरहेको छ । साथै, लगानी व्यवस्थापन सेवा (पीएमएस), सेयर प्रत्याभूति लगायत सनराइज सामूहिक लगानी कोष अन्तर्गत सनराइज फष्ट म्युचुअल फण्ड र सनराइज ब्लूचीप फण्ड गरी २ वटा बन्दमूखी योजना सञ्चालन गरिरहेको छ ।

साथै, निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात थप १ बन्दमूखी योजना अर्थात सनराइज फोकस्ड इक्यूटी फण्ड सञ्चालन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.