भाटभटेनीमा फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

  २०७९ असोज १२ गते १६:४६     विकासन्युज

काठमाडौं । फोनपेको क्यूआर मार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो ।

यस योजना अन्तरगत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिनेछ ।

यसका साथै सपिङ्ग गर्न सहज होस् भन्ने उदेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई नि:शुल्क भाटभटेनीको झोला प्राप्त गर्नेछन् । यो योजना कात्तिक १३ गतेसम्म सञ्चालन हुने कम्पनीले बताएकाे छ ।

यसैगरी फोनपेले दशैंको अवसरमै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सक्नेछन् ।

यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागु हुनेछ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गई च्यालेञ्ज एक्सेप्ट गर्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.